Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

न्यून व्यान्डविथ Invert Color A- A A+

सुनसरीमा नेपाल नागरिकता (पहिलो संसोधन) ऐन, २०७९ बमोजिम पहिलो दिन ४७ जनालाई नागरिकता

2080-03-12

2080-03-12


सुनसरीमा बुवाआमा नेपाली भएर पनि छोराछोरी अनागरिक भएर बसेकोमा सरकारले नेपाल नागरिकता (पहिलो संसोधन) ऐन, २०७९ जारी गरेसगैं पहिलो दिन ४७ जनालाई नागरिकता प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा असार १२ गते देखि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संसोधन) ऐन, २०७९ बमोजिम नेपाली नागरिकता वितरण गर्न शुरु गरेको हो । प्रथम नागरिकता स्थानीय प्रतिक शर्मालाई प्रदान गरी वितरण कार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । ऐन बमोजिम दैनिक रुपमा नागरिकता प्रदान गर्दै जाने र कार्यालयले तोकिएको स्थानीय तह उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकागत दिनमा आई भिडभाड नगरी सरल तरिकाले धैर्य धारणगरी सेवा लिनको लागि समेत अनुरोध गर्नुभएको छ । पाण्डेका अनुसार पहिलो दिन सोमबार पुरुष २९ जना र महिला १८ जना गरि ४७ जनालाई नागरिकता प्रदान गरेको छ ।

पछिल्लो अपडेट गरिएको : 2081-12-31 17:43:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुनसरी

Powered By: ProActive Developers