Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला परिचय 2075-06-23

सुनसरी जिल्ला नेपालको प्रदेश न. १ को पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो । पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको सुनसरी जिल्ला  धार्मीक, शैक्षिक तथा पर्यटकीय जिल्लाको रूपमा परिचित छ । यस जिल्लाको दक्षिणमा भारत,  पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा उदयपुर जिल्ला र सप्तकेशी नदीले सप्तरी सित छुट्याएको छ । इनरूवा यहाँको सदरमुकाम हो भने प्रमुख शहर धरान र इटहरी हो । १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा  ७,५३,३२८ मानिसको बसोबास रहेको छ । यस जिल्लामा पक्की सडक १९५ कि.मि., ग्राभेल ३९९ कि.मि. र कच्ची सडक ६५७.५ कि.मि. रहेको छ । अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो । धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतयाः राई, लिम्बू, बाहुन, क्षेत्री, नेवार, थारू, यादव, मेहता, सतार र मुसलमान जातिको बसोबास पाइन्छ। शैक्षिक क्षेत्रमा समेत अग्रणी रहेको यस जिल्लामा  मेडिकल, इन्जिनियर, फुड टेकनोलोजि लगायत सबै बिषयको गुणस्तरिय अध्ययन अध्यापन भैरहेको पाइन्छ ।

जिल्लाको नामाकरण

यस जिल्लाको नामाकरण भरौल क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो। यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरसि‌ह, जल्पापुर हुँदै भारततर्फ बगेको छ ।

भौगोलिक अवस्था

  • अ‌‌क्षांशः २६0  २३" उत्तरदेखि २६‍0 ‌‌ ५५" उत्तरसम्म
  • देशान्तरः-८७0  ‌ ५" पूर्वदेखि ८७0  १६" पूर्वसम्म।
  • सिमाना: पूर्व  मोरङ जिल्ला, पश्चिम सप्तरी जिल्ला र उदयपुर जिल्ला (सप्तकोशी नदी), उत्तर धनकुटा जिल्ला (भेडेटार), र दक्षिण भारतको विहार राज्य पर्दछ।
  • क्षेत्रफल:१,२५७ वर्ग कि.मि.
  • औसत लम्वाई : पूर्वको बुढी नदी देखि पश्चिमको कोशी नदीसम्मको लम्वाई ४४ कि. मि.
  • औसत चौडाई: उत्तरको भेडेटार देखि दक्षिणको बुढीखोलासम्मको चौडाई ४५ कि.मि.
  • भौगोलिक विभाजन: १. उत्तरको पहाडी प्रदेश २. मध्यभागको भावर प्रदेश र ३. दक्षिणको समथर भुमि।
  • स्थानीय निकायः जिल्लामा २ वटा उपमहानगरपालिका, ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका पर्दछ ।

सुनसरी जिल्ला महाभारत पर्वत श्रृङ्खला, चारकोसे जङ्गल र तराईका उर्वर भागहरू मिलेर बनेकोछ। यस जिल्लाको भौगोलिक वनावटलाई उत्तरको पहाडी प्रदेश, मध्यभागको भावर प्रदेश र दक्षिणको समथर भुमि गरी मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ।

हावापानी

यस जिल्लाको हावाहावापानी उष्ण मनसुनी रहेको छ । हावापानीमा खासै धेरै उतारचढाव रहेको पाईदैन । तर गर्मियाममा धेरै गर्मी र जाडो मौसममा सितलहर चलेको अवस्थामा वाहेक केही मात्रामा ठन्डा हुन्छ । यस जिल्लाको औषत अधिकतम तापक्रम र न्यूनतमतापक्रममा धेरै अन्तर रहेको पाइदैन ।

प्रमुख नदी ताल तलैयाहरू

यस जिल्लाका प्रमुख नदी तथा ताल तलैयाहरूमा सप्तकोशी,  कोकाहा,  सुनसरी , बुढी, सेउती, सर्दु, खेतीखोला, टेंग्रा, पकलीखोला, दचकिचा, पटनाली, गडन खोला आदि पर्दछन् ।

प्रमुख धार्मिक क्षेत्र

बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिवजट्टा, रामधुनी, पंचकन्या, बिष्णुपादुका,  प्राचिन हरिद्वार चतारा धाम आदी ।

पर्यटकीय क्षेत्र

चिमडी दह, भेडेटार, ठिगेढुंगा, कोशी टप्पु वन्यजन्तु आरक्ष, एभरेष्ठ विज्ञान केन्द्र ।

व्यापारिक महत्वका स्थानहरू

जिल्लाको प्रमुख व्यापारिक महत्वका स्थानहरूमा धरान, इटहरी, इनरुवा, दुहवी, खनार झुम्का महेन्द्रनगर हरिनगरा आदि रहेका छन् । 


पछिल्लो अपडेट गरिएको : 2079-05-28 12:07:34

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुनसरी

Powered By: ProActive Developers