नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार गृह मन्त्रालयबाट सम्पादन गरिने कार्यहरु तोकिएका छन् । यी कार्यहरुलाई सम्पादन गर्नका लागि मन्त्रालय, विभाग र कार्यालयगत संरचना निर्माण गरिएको छ । नेपालभरका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालय रहेका छन् । जसमध्ये प्रदेश नं. १ मा जिल्ला प्रशासन कार्यालय, सुनसरी पनि एक रहेको छ । भारतसंग ६१.९ कि.मि. सीमाना जोडिएको यस जिल्लाले अन्य जिल्लाजस्तै शान्ति, सुरक्षा र अपराध नियन्त्रणको कार्य गर्दछ । त्यसैगरी सुशासन कायम गर्दै सेवा प्रवाहमा सरलता, सहजता प्रदान गरी व्यवहारिक र नीतिगत अनुपोषणका लागि पहल गर्दछ । सामाजिक सुधारमा पहल गर्दछ र रुपान्तरणमा काम गर्दछ । विपद व्यवस्थापन, विकास निर्माणमा समन्वय र सहजीकरण अनि सदाचार र आर्थिक अनुशासन कायम गर्न पनि आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।
गृह प्रशासन सुधार कार्ययोजना, २०७४ र माननीय मन्त्रीज्यू/श्रीमान् सचिवज्यूबाट दिनुभएको समसामयिक निर्देशन तथा संरचनागत सुधारका विभिन्न समयमा भएका नीतिगत सुधार प्रयासका साथै, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय र निर्देशनका आधारमा सन्चालन गर्ने गरी यस जिल्लाको प्रशासन सुधार कार्ययोजना तय गरिएको छ । राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन विकास र समृद्धिको लागि शान्ति, सुरक्षा र सुशासनलाई मूलआधार मान्दै जिल्ला प्रशासन कार्यालय अगाडि बढेको छ । यो सुधार कार्ययोजना कार्यान्वयनका लागि सम्पर्क सन्जाल सरकार र शासनको सन्जाल (Networking governance/ Governance Networking) को अवधारणा मार्फत् अघि बढिनेछ ।
मिति | कार्यालयकाे परिचय विवरण | फाईलहरु | एक्सन |
---|---|---|---|
2080-04-07 |
सुनसरी जिल्ला वस्तुगत विवरण २०८०
2080-04-07 |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुनसरी
Powered By: ProActive Developers