संस्था दर्ता
शुल्क
रु १०००।-
लाग्ने समय
आवश्यक जांचबुझ सकेको भोलिपल्ट
कागजातहरु
१. संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई संबोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको संयुक्त निवेदन ।
२ सम्वन्धित स्थानीय तहको सिफारिश ।
३. तदर्थ समितिका पदाधिकारी र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानाको शिर र पुच्छारमा दस्तखत गरेको विधान ३ प्रति र विधानको पिडिएफ Format मा soft copy फाइल साथ पेश गर्ने ।
४. निम्न कुराहरु खुलेको भेलाको सर्वसम्मत निर्णय,
- तदर्थ समितिका पदाधिकारीहरुको चयन गरिएको ।
- संस्थाको नाम र ठेगाना ।
- कम्तिमा ९ सदस्यीय ( ४ जना पदिधकारी, ५ जना सदस्य रहने) कार्य समितिको गठन गर्ने।
- जिल्ला प्रशासन कार्यालय सुनसरीमा संस्था दर्ता गर्ने निर्णय ।
५ तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको स्वंयम प्रमाणित प्रतिलिपी १/१ प्रति ।
६ तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं., ई-मेल, दस्तखत र फोटोसहितको नामावली ।
७ पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन ।
८ तदर्थ समितिका पदाधिकारीहरु सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनुपर्ने ।
९ संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया तथा सहमती लिनुपर्ने भएमा सोको सिफारिस
प्रक्रियाहरु
१. कोठा नं. १७ मा तोक आदेश हुने ।
२. कोठा नं. ३ बाट सेवा प्रदान गरिने ।
