Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिकताको प्रमाणपत्र (बंशज)

शुल्क

रू. १०/- काे टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।



लाग्ने समय

प्रमाण पुगेको दिन 

कागजातहरु

क) निवेदक साविक देखि सुनसरी जिल्लाको स्थायी वासिन्दा रहेको हकमा :–

१. अनुसूची १ को फाराममा सम्बन्धित स्थानीय तहको सिफारिश ।

२. बाबु र आमाको ना.प्र. साथै विवाहित महिलाको हकमा पतिको ना.प्र. र विवाह दर्ता प्रमाण पत्र ।  

३. बाबु आमा नभए दाजु/भाई वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र. र  पुस्ता खुलेको नाता प्रमाणित ।

४.बाबु, आमा वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत,

५. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) ।

६. जन्मदर्ता प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र /नाबालक परिचय पत्र ।

ख) अन्य जिल्लाबाट बसाई सरी यस जिल्लामा स्थायी वसोवास रहेको हकमा थप:–

१. बसाई सराई दर्ता प्रमाणपत्र ।                          

२. जग्गाधनी प्रमाण पूर्जा घर निर्माण अनुमती / निर्माण सम्पन्न प्रमाणपत्र / पानी / विजुली / टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण /

३. मतदाता परिचय पत्र / मतदाता परिचय पत्रको प्रमाणित अभिलेख ।

४. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु/आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।

नोटः

१. पेश गर्नुपर्ने अनुसूची फारम स्पष्ट र बुझिने गरी लेखिएको हुनुपर्ने छ ।

१. पेश गर्नुपर्ने सबै कागजातहरुको फोटोकपी प्रष्ट बुझिएको हुनुपर्ने छ ।

२. पेश गर्नुपर्ने सबै कागजातहरुको सक्कल प्रति साथै लिइ आउनुपर्ने छ ।

३. पेश गरीएका कागजातहरुको फोटोकपीको पछाडि सक्कल अनुसार नक्कल ठिक छ भनी हस्ताक्षर/दस्तखत गर्नुपर्ने छ ।



प्रक्रियाहरु

१. ११ मा तोक लगाउने

२. १० मा सनाखत गराउने

३. ९ मा आवश्यक कागजातहरु पेश गर्ने

(बाबु/आमाको नागरिकता अन्य जिल्लाबाट जारी भएको भए जारी गर्ने निकायमा अभिलेख बुझ्ने - कोठा न‌ं. ८)

४. निवेदकको विवरण कम्प्युटर शाखामा प्रविष्ट हुने

५. नागरिकताको विवरण ढड्डामा प्रविष्ट हुने

६. ९ मा नागरिकता प्रमाण पत्रमा फोटो टाँस तथा छाँप लगाउने

७. ९ बाट वितरण हुने

नोटः

१. प्रकृया १ देखि ३ सम्म र प्रकृया ६ वाहेक निवेदकहरुकाे कार्य कार्यालयका कर्मचारीहरुबाट सम्पादन हुनेछन् ।

२. आफुले प्राप्त गरेको प्रमाण-पत्रमा कुनै किसिको त्रुटीहरु छ/छैन यकीन गर्ने, भएमा अविलम्ब सम्बन्धित शाखामा सम्पर्क राख्ने ।

जिम्मेवार कर्मचारी/शाखा
भगवान दाहाल -

नागरिकता शाखा
(कोठा नं - 10)

गुनासो सुन्ने अधिकारी
पोषण लामिछाने
पछिल्लो अपडेट गरिएको : 2083-04-07 15:50:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुनसरी