Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sunsari

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sunsari

Thursday, Ashoj 01, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Citizen Charter

Charter Category
SN Service Detail Documents Procedures
1

नागरिकताको प्रमाणपत्र (बंशज)

Duration (English)

प्रमाण पुगेको दिन

Charge (English)

रू. १०/- काे टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

Responsible Officer/Section Bhagawan dahal - Citizenship Section (Room no. - 10)
Complain Officer Rajmani Niraula
क) निवेदक साविक देखि सुनसरी जिल्लाको स्थायी वासिन्दा रहेको हकमा :–

१. अनुसूची १ को फाराममा सम्बन्धित स्थानीय तहको सिफारिश ।

२. बाबु र आमाको ना.प्र. साथै विवाहित महिलाको हकमा पतिको ना.प्र. र विवाह दर्ता प्रमाण पत्र ।  

३. बाबु आमा नभए दाजु/भाई वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र. र  पुस्ता खुलेको नाता प्रमाणित ।

४.बाबु, आमा वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत,

५. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) ।

६. जन्मदर्ता प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र /नाबालक परिचय पत्र ।

ख) अन्य जिल्लाबाट बसाई सरी यस जिल्लामा स्थायी वसोवास रहेको हकमा थप:–

१. बसाई सराई दर्ता प्रमाणपत्र ।                          

२. जग्गाधनी प्रमाण पूर्जा घर निर्माण अनुमती / निर्माण सम्पन्न प्रमाणपत्र / पानी / विजुली / टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण /

३. मतदाता परिचय पत्र / मतदाता परिचय पत्रको प्रमाणित अभिलेख ।

४. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु/आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।

नोटः

१. पेश गर्नुपर्ने अनुसूची फारम स्पष्ट र बुझिने गरी लेखिएको हुनुपर्ने छ ।

१. पेश गर्नुपर्ने सबै कागजातहरुको फोटोकपी प्रष्ट बुझिएको हुनुपर्ने छ ।

२. पेश गर्नुपर्ने सबै कागजातहरुको सक्कल प्रति साथै लिइ आउनुपर्ने छ ।

३. पेश गरीएका कागजातहरुको फोटोकपीको पछाडि सक्कल अनुसार नक्कल ठिक छ भनी हस्ताक्षर/दस्तखत गर्नुपर्ने छ ।

झ्याल नं. ११

2

नागरिकताको प्रमाणपत्र (बैवाहिक अंगिकृत)

Duration (English)

झ्याल न‌ं. ११

Charge (English)

रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

Responsible Officer/Section Bhagawan dahal - Citizenship Section (Room no. - 10)
Complain Officer Rajmani Niraula
१.अनुसूची ७ बमोजिमको निवेदनमा सम्बन्धित स्थानीय तहको शिफारिस    

२. पतिको नेपाली नागरिकताको प्रमाण पत्र. ।   

३. विवाह दर्ता प्रमाणपत्र ।             

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण/निस्सा ।

५. पतिको नेपाली नागरिकताको प्रमाणपत्र । 

६. पतिको सनाखत, पति नभएमा सासु ,ससुरा, देवर जेठाजु वा पतिको नाता भिडने नजिकको नेपाली नागरिक (नातेदार)को सनाखत ।

७. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)   

८. भारत बाहेक अन्य देशको महिलाको हकमा राहदानी सहित मान्य अवधिको भिसा ।       

९. साविकको राष्ट्रियता खुल्ने प्रमाण ।

झ्याल न‌ं. ११ 

3

नागरिकताको प्रमाणपत्र (कर्मचारी परिवार)

Duration (English)

प्रमाण पुगेको दिन

Charge (English)

रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

Responsible Officer/Section Bhagawan dahal - Citizenship Section (Room no. - 10)
Complain Officer Rajmani Niraula
१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सार्वजनिक संस्थान/ विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षक/कर्मचारीका परिवार भए सम्बन्धित कार्यालय/निकायको सिफारिस ।

२. वंशज भए अनुसूची-१ / वैवाहिक अंगीकृत भए अनुसूची ७ बमोजिमको निवेदनमा सम्बन्धित स्थानीय तहको सिफारिस ।

३.  हालसाल खिचेको अटो साइजको फोटो ४ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि)

४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत ।

५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक  परिचय पत्र ।

६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको  प्रमाणपत्र ।

७. कर्मचारी परिचय पत्र ।

८. सम्बन्धित जिल्लाबाट ना.प्र.प्रको प्रमाणित अभिलेख ।

झ्याल न‌ं. ११

4

नागरिकताको प्रमाणपत्र (अंगीकृत)

Duration (English)

प्रमाण पुगेको दिन

Charge (English)

रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।

Responsible Officer/Section Bhagawan dahal - Citizenship Section (Room no. - 10)
Complain Officer Rajmani Niraula

सम्बन्धित वडा कार्यालयबाट सिफारिस भएको अनुसूची फाराम नं. ७



बाबु वा आमाको जन्मको आधारमा नागरिकता प्रमाणपत्र लिएको ।
आफ्नो पेशा/व्यवसायबाट राष्ट्रलाई आर्थिक, सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान खुल्ने पेशा व्यवसायको कागजात
विदेशी नागरिकताको प्रमाणपत्र त्याग गर्न               सम्बन्धित देशमा पठाइएको पत्रको बोधार्थ र
सो पत्र हुलाकबाट रजिष्ट्री गरी पठाएको रसिद
5

नागरिकता प्रमाणपत्रको प्रतिलिपि

Duration (English)

प्रमाण पुगेकोमा उसै दिन

Charge (English)

रु. १३।–को टिकट लाग्ने

Responsible Officer/Section Bhagawan dahal - Citizenship Section (Room no. - 10)
Complain Officer Rajmani Niraula
१. सुनसरी जिल्लाबाट जारी भै यसै जिल्लामा स्थायी बसोवास गरेकाहरुको हकमा

- तोकिएको ढाँचामा सम्वन्धित स्थानीय तहको सिफारिश       

- एक स्थानीय तहबाट अर्को तहमा बसाई सरी आएको भए बसाई सराई प्रमाण पत्र

- जग्गाधनी प्रमाण पुर्जा वा घर निर्माण अनुमति इजाजत पत्र      

- नागरिकताको प्रमाण पत्र जारी गर्ने कार्यालयको प्रमाणित अभिलेख माग गरिने

 - नागिरकता प्रमाणपत्र वा जारी मिति खुलेको प्रमाण र विवरण अस्पष्ट भए सनाखत गर्ने नातेदार र निजको नेपाली नागरिकताको प्रमाण पत्र

२. अन्य जिल्लाबाट नागरिकता प्राप्त गरी यस जिल्लामा वसाइ सरी आएकाको हकमा थपः-

- ताकिएको ढाँचामा सम्वन्धित स्थानीय तहको सिफारिश          

- बसाई सराई दर्ता प्रमाण पत्र     

- घर तथा जग्गाधनी प्रमाण पुर्जा / घर निर्माण इजाजत / निर्माण सम्पन्न प्रमाणपत्र /  पानी / विजुली / टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण

- मतदाता परिचय पत्र / मतदाता परिचय पत्रको प्रमाणित अभिलेख

- नागरिकताको प्रमाण पत्र जारी गर्ने कार्यालयको प्रमाणित अभिलेख        

- नागिरकता प्रमाणपत्र र जारी मिति खुलेको प्रमाण र विवरण अस्पष्ट भए सनाखत गर्ने नातेदार र नीजको नेपाली नागरिकताको प्रमाण पत्र

३. कर्मचारी परिवारको हकमा

- तोकिएको ढाँचामा सम्बन्धित स्थानीय तहको सिफारिस

- जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण   

- कार्यरत कार्यालयको शिफारिस

४. पतिको नामथर र ठेगाना कायम गरी नागरिकताको प्रमाण पत्रको प्रतिलिपी-

-ताकिएको ढाँचामा सम्वन्धित स्थानीय तहको सिफारिश

-पतिको सक्कल नागिरकताको प्रमाणपत्र र पति / ससुरा / देवर / जेठाजु कार्यालयमा उपस्थित भै सनाखत गर्नु पर्ने

-विवाह दर्ता प्रमाणपत्र  

-साविकमा जारी भएको सक्कल नागरिकताको प्रमाण पत्र   

-अभिलेख प्रमाणित

५.पतिको नाम थर हटाइ संशोधित प्रतिलिपीः-

- तोकिएको ढाँचामा सम्वन्धित स्थानीय तहको सिफारिश    

 - सम्वन्ध विच्छेद दर्ता प्रमाण पत्र   

- अदालतको प्रमाणित फैसला                             

 -साविकको सक्कलै नागरिकताको प्रमाण पत्र

६ नागरिकता परित्यागको लागि आवश्यक कागजातहरु

-सक्कल नागरिकता प्रमाणपत्र          

 -राहदानी वाहकको हकमा सक्कल राहदानी

-अनुसूची ९ बमोजिमको निवेदन       

- निवेदक स्वयको उपस्थिती वा नेपाली दूतावास/वाणिज्य दूतावासको पत्र

-चालचलन तथा अन्य व्यहोरा प्रहरी मार्फत थप बुझ्न सकिने ।

कोठा नं. १७ मा तोक  र झ्याल नं. ७ बाट कार्य सम्पादन हुने ।

6

साधारण राहदानी

Duration (English)

१. राहदानी विभागबाट राहदानी प्राप्त भएको २ दिन पछी कार्यालयको वेव साइटमा प्रकाशित सूचना अनुसार वितरण गरिने ।

Charge (English)

साधारण राहदानीको रु ५,००० ।- १० बर्ष मुनिका नावालकहकमा रु २५००।- हराएको, बिग्रिएको राहदानीको हकमा रु १०,०००।-

Responsible Officer/Section Yadu Kumar Ghimire - Passport Section (Room no. - 13)
Complain Officer Rajmani Niraula
क. निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी भएको हकमा

१. अनलाइन प्रणालीबाट दरखास्त फाराम ।

२. नेपाली नागरिकताको प्रमाणपत्र

३. राष्ट्रिय परिचयपत्र नम्बर 

४. नाबालकको हकमा नाबालक परिचय पत्र र निजको बाबु / आमाको नागरिकताको प्रमाण पत्र । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने प्रमाणित लिखत र संरक्षकको नागरिकताको प्रमाणपत्र

५. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति वा प्रतिलिपि

ख. अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछः-

क. बसाई सराई दर्ता प्रमाणपत्र ।         

ख. जग्गाधनी प्रमाण पूर्जा/ घर निर्माण इजाजत / स्विकृती प्रमाण ।

ग. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।

घ.‍ अन्य जिल्लाबाट नावालक परिचय पत्र जारी भएको अवस्थामा जारी गर्ने कार्यालयको प्रमाणित अभिलेख बुझिनेछ ।

ग. अन्यत्र जिल्लाबाट नागरिकता प्राप्त गरी सुनसरी जिल्लामा विवाह गरी आउने महिलाको हकमाः-

क. विवाह दर्ता प्रमाणपत्र                     ख. ना.प्र. प्रमाणपत्रको प्रतिलिपि

ग. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ

घ. सुनसरी जिल्ला स्थित सरकारी/सार्वजनिक निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा थप प्रमाणः-

क. सम्बन्धित कार्यालय/निकायको सिफारिस पत्र

ख. कर्मचारी परिचय पत्र ।

१. झ्याल नं. १३ मा रुजु गराउने ।

२. झ्याल नं. २ बाट नागरिकता विवरण रुजु गराइ राहदानी वापत लाग्ने शुल्क बै‌ंक दाखिला गर्ने ।

३. बै‌ंकको राजश्व दाखिला भौचर संलग्न राखी पुनः झ्याल नं. १४  मा पेश गर्नुपर्ने । 

7

द्रुत सेवाको राहदानी सिफारिस

Duration (English)

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन

Charge (English)

रु १०।– को टिकट

Responsible Officer/Section Yadu Kumar Ghimire - Passport Section (Room no. - 13)
Complain Officer Rajmani Niraula
१. द्रुत सेवा मागको रु.१० को टिकट टाँस गरी निवेदन संगै निवेदक स्वयम् उपस्थित हुनुपर्ने छ ।

२. माथि सि.नं. ४.१ मा उल्लेखित आवश्यक प्रमाणहरु

३‍ online form दुई प्रति (पछाडि सिफारीस व्यहोरा भएको)

कोठा नं. १७ र झ्याल नं. १६(ङ)

8

हराएको राहदानी पुन प्राप्ती सम्बन्धी

Duration (English)

प्रकृया पुगेको दिन

Charge (English)

रु १० को टिकट

Responsible Officer/Section Yadu Kumar Ghimire - Passport Section (Room no. - 13)
Complain Officer Rajmani Niraula
१. साबिकको राहदानीको प्रतिलिपि

२. नेपाली नागरिकताको प्रमाण पत्र

४. बसाई सरी आएकाको हकमा बसाइ सराई दर्ता प्रमाण पत्र

कोठा नं. १३ मा रुजु गराउने

9

संस्था दर्ता

Duration (English)

आवश्यक जांचबुझ सकेको भोलिपल्ट

Charge (English)

रु १०००।-

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई संबोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको संयुक्त निवेदन ।

२ सम्वन्धित स्थानीय तहको सिफारिश । 

३. तदर्थ समितिका पदाधिकारी र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानाको शिर र पुच्छारमा दस्तखत गरेको विधान ३ प्रति र विधानको पिडिएफ Format मा soft copy फाइल साथ पेश गर्ने ।

४.  निम्न कुराहरु खुलेको भेलाको सर्वसम्मत निर्णय,


तदर्थ समितिका पदाधिकारीहरुको चयन गरिएको ।
संस्थाको नाम र ठेगाना ।
कम्तिमा ९ सदस्यीय ( ४ जना पदिधकारी, ५ जना सदस्य रहने) कार्य समितिको गठन गर्ने।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा संस्था दर्ता गर्ने निर्णय ।


५ तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको स्वंयम प्रमाणित प्रतिलिपी १/१ प्रति ।

६ तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं., ई-मेल, दस्तखत र फोटोसहितको नामावली ।

७ पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन ।

८ तदर्थ समितिका पदाधिकारीहरु सक्कल नागरिकता सहित   सनाखतका बखत उपस्थित हुनुपर्ने ।

९ संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया तथा सहमती लिनुपर्ने भएमा सोको सिफारिस

१. कोठा नं. १७ मा तोक आदेश हुने ।

२. कोठा नं. ३ बाट सेवा प्रदान गरिने । 

10

संस्था नबिकरण

Duration (English)

प्रकृया पुरा भएमा सोही दिन

Charge (English)

रु ५००।-

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. नबिकरणका लागि तोकिएको ढाँचाको निवेदन ।

२.विधान सम्मत साधारणसभाले चालु आ.ब. को लागि लेखा परीक्षक नियुक्ति, सम्बन्धित आ.ब. को लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष/सचिवले प्रमाणित गरेको प्रतिलिपी र सम्बन्धित आ.ब. को वार्षिक कार्यप्रगति बिवरण । 

३. संस्थाको पान (PAN) दर्ता प्रमाणपत्र र सम्बन्धित आ.ब. को  लागि आन्तरिक राजश्व कार्यालयको सिफारिस ।

४. सम्बन्धित आ.ब. को लागि सम्बन्धित स्थानीय तहको सिफारिस ।

५ जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रतिलिपी, Format मा soft copy ।

६. संस्थाको प्रमाणपत्रको फोटोकपी ।

७. बैदशिक सहयोगको कार्यक्रम सञ्चालन गरेको भए समाज कल्याण परिषदको कार्यक्रम स्वीकृत पत्र र कार्यक्रम अनुगमनको प्रतिवेदन र स्थानीय तह (नगरपालिका/महानगरपालिका) कार्यक्रम सञ्चालनको स्थलगत अनुगमनको प्रतिवेदन ।

८. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली ।

९.  कुल साधारण सदस्य संख्या खुलाएको नामावलीसहितको प्रमाणित बिवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थितिको संख्याको बिवरण ।

१०. बालगृह सञ्चालन सम्बन्धी संस्था भए बालगृहमा सशुल्क वा निशुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस । 

११. लेखापरीक्षकको प्रमाणपत्र, पान (PAN) दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रमाणपत्र (नविकरण समेत देखिने गरी), करचुक्ताको प्रमाणपत्र समेत ।

१. कोठा नं. १७ मा तोक आदेश हुने ।

२. कोठा नं. ३ बाट सेवा प्रदान गरिने । 

11

संस्थाको बिधान संशोधन

Duration (English)

प्रकृया पुरा भएमा सोहि दिन

Charge (English)
Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. रित पूर्वकको निवेदन
२.नेपाली कागजमा लेखिएको तीन महले विधान - ३ प्रति ।
३ नविकरण भएको संस्थाको प्रमाण पत्र र सोको फोटोकपि ।
४.संशोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई (२/३) साधारण सभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति ।  
५.जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपी ।

६ संशोधित विधानको पिडिएफ मा राखी पेश गर्ने । 

१. कोठा नं. १७ मा तोक आदेश हुने ।

२. कोठा नं. ३ बाट सेवा प्रदान गरिने । 

12

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी

Duration (English)

सोही दिन

Charge (English)

नि:शुल्क

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. रितपूर्वकको निवेदन

२ संस्थाको कार्यसमितिको निर्णय

३. विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि(नविकरण देखिने)

४. सम्बन्धित नगरपालिकाको सिफारिस पत्र

५. पदाधिकारीको चालचलन बुझिने छ ।

१. कोठा नं. १७ मा तोक आदेश हुने ।

२. कोठा नं. ३ बाट सेवा प्रदान गरिने । 

13

पत्रपत्रिका दर्ता सम्बन्धी

Duration (English)

प्रकृया पुगेपछी सोही दिन

Charge (English)

दैनिक पत्रिका रु.१०००।–,

अर्धसाप्ताहिक रु.७००।–,

साप्ताहिक रु.५००।–,

पाक्षिक रु.३००।–

मासिक र अन्य रु २००।-

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
क. प्रकाशक बारे

१. तोकिएको ढाँचाको निवेदन । 

२.  प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी।

३.  प्रकाशक संस्था भए संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान प्रमाण पत्र, नविकरण भएको प्रमाणपत्र, कर चुक्ताको पत्र, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रमाणित प्रतिलिपि ।

४. संचालकहरु सबैको नेपाली नागरिकताको प्रमाणपत्र ।  

५. प्रहरी मार्फत चालचलन बुझिने छ ।

ख) सम्पादक बारे

१. सम्पादकको नागरिकता प्रमाणपत्र ।

२. सम्पादकको शैक्षिक योग्यताको एस.एल.सी. देखि स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेट वा एस.एल.सी. उत्तीर्ण गरी पत्रकारितामा १० (दश) वर्ष कार्य गरेको सूचना विभागको प्रमाणित पत्र ।

३.सम्पादकलाई प्रकाशकले नियुक्त गरेको नियुक्ती पत्र

४. पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मंजुरीनामा । 

५. प्रहरी मार्फत चालचलन बुझिने छ ।

१. कोठा नं. १३ मा तोक आदेश हुने ।

२. कोठा नं. ३ बाट सेवा प्रदान गरिने । 

14

छापाखाना संचालन सम्बन्धी

Duration (English)

प्रकृया पुरा भएपछि सोही दिन

Charge (English)

रु १,०००।-

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मंजुरी दिएको सिफारिस ।

२. छापाखाना दर्ता भएको प्रमाणपत्रको फोटोकपी ।

३. छापाखानाको प्रबन्ध पत्रको फोटोकपी ।

४. छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको फोटोकपी ।

५. छापाखानाले कर तिरेको कर चुक्ता पत्र ।

१. कोठा नं. १७ मा तोक आदेश हुने ।

२. कोठा नं. ३ बाट सेवा प्रदान गरिने । 

15

जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमति

Duration (English)

सोहि दिन

Charge (English)
Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula

पक्राउ गर्ने प्रहरी कार्यालयले बाटोको म्याद बाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष समर्थनका लागि पेश गर्ने ।
प्रतिवादीको नाम, थर, ठेगाना, हुलिया र जाहेरी दरखास्त सहित प्रहरी कार्यालयको पक्राउ गर्नुपर्ने कारण र आधार सहितको अनुमतिका लागि प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।


 
16

म्याद थप

Duration (English)

सोहि दिन

Charge (English)
Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula
सम्बन्धित प्रहरी वृत्तले थुनुवा सहित प्रमुख जिल्ला अधिकारी  समक्ष म्याद थप गर्नुपर्ने कारण र सरकारी वकिल कार्यालयको राय सहित पेश गर्ने ।

कोठा नं. १०६ 

17

मुद्दा दर्ता / बयान/थुनछेक आदेश / म्याद जारी

Duration (English)

क. मुद्दा दर्ताः- सोही दिन ।

ख.बयान/थुनछेक आदेशः- समय भए सोही दिन वा बयान कार्य सम्पन्न भए पछि ।

ग. म्याद जारीः आदेश भएको दिन वा सो को भोली पल्ट ।

Charge (English)
Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula
क. मुद्दा दर्ता

जिल्ला सरकारी वकिल कार्यालयबाट अभियोग प्राप्त भए पश्चात प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।

ख.बयान/थुनछेक आदेश

अभियोग र प्रतिवादीहरुलाइ इजलास समक्ष पेश गरी बयान/थुनछेक आदेश हुने ।

ग. म्याद जारी

फरार प्रतिवादीका हकमा मुद्दा दर्ता भए पछि आदेसानुसार ।

कोठा नं. १०६ 

18

नावालक परिचय पत्रसम्बन्धी

Duration (English)

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन

Charge (English)

रु.१०।को टिकट (प्रतिलिपिको हकमा प्रति पाना रु ३।– को टिकट)

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. साविक देखी सुनसरी जिल्लामा स्थायी बसोवास गरेकाको हकमा

- फोटो प्रमाणित सहित सम्वन्धित स्थानीय तहको सिफारिश

- बाबु र आमाको नागरिकताको प्रमाणपत्र

- आमाको नागरिकतामा पतिको नाम उल्लेख नभएको अवस्थामा बिवाह दर्ता प्रमाण

-नाबालकको जन्म दर्ता प्रमाणपत्र / शैक्षिक योग्यताको प्रमाणपत्र

- पासपोर्ट साईजको हालै खिचेको फोटो-३ प्रति

२. अन्य जिल्लाबाट बसाई सरी आएकाको हकमा थप

- बसाई सराई दर्ताको प्रमाणपत्र

- जग्गाधनी प्रमाणपत्र पुर्जा वा भवन निर्माण इजाजत / अनुमति पत्र

३. विदेशमा जन्म भएका नाबालकहरुको हकमा कागजातहरु

-सम्बन्धित अस्पतालको birth certificate

-नेपाल आउदा प्रयोग भएको नावालकको one way travel document वा राहदानी र सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप (Arrival Stamp)

-बच्चा लिएर आउने बाबु/आमाको राहदानी र सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप

- जन्म दर्ता प्रमाण पत्र

४. कर्मचारी परिवारको हकमा थप कागजात

-कार्यरत कार्यलयको सिफारिश पत्र

-आमा/बुबाको बाहिरी जिल्लाको नागरिकता भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीत भै आएको नागरिकताको प्रमाणपत्रको अभिलेख अनिवार्य ।

५. प्रतिलिपीका लागी

- सम्बन्धित स्थानीय तहको सिफारिस

- नावालक प्रमाण पत्रको निस्सा

- अन्य जिल्लाबाट जारी भएको हकमा अभिलेख बुझिने

- बाबु / आमाको नागरिकता प्रमाण पत्र

- बसाई सरी आएकाको हकमा बसाई सराइ दर्ता प्रमाण पत्र

- जग्गा धनि पुर्जा / घर निर्माण इजाजत / अनुमति पत्र ।

कोठा नं. १७ मा तोक आदेश हुने र कोठा नं. ३ बाट कार्य सम्पादन हुने ।

19

म्याद तारेख तोक्ने/ प्रमाण मुकरर गर्ने/ पेशी तोक्ने

Duration (English)
Charge (English)
Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula
सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनामा रहेको र अंग पुगेको हुने पर्ने ।
20

तारेखमा बोलाउने/ तारेख थाम्ने

Duration (English)
Charge (English)
Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula
१. तारेख पर्चा/धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दिन प्रतिवादी आफै उपस्थित हुने ।

२. प्रचलित कानून बमोजिम रु १० को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्ने ।

कोठा नं. १०६ 

21

फैसला तयारी गर्ने

Duration (English)

१५ दिन भित्र ।

Charge (English)
Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula
प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।

कोठा नं. १०६ 

22

नक्कल दिने

Duration (English)

निवेदन पेश भएको दिन ।

Charge (English)

कार्यालयबाट प्रति पृष्ठ रु १०।-

व्यक्तिले आपैं सारी लगे प्रति पृष्ठ रु ५।-

Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula
मिसिलमा संलग्न कागजात र निर्णय/फैसलाको प्रमाणित प्रतिलिपी लिनका लागि सरोकारवालाले तोकिएको ढाँचामा निवेदन र तोकिएको दरका टिकट टाँस गर्नु पर्नेछ ।

कोठा नं. १०६ 

23

सवारी दुर्घटनाका मृतकका हकदार/घाइतेलाई क्षतिपूर्ति, राहत, औषधीउपचार दिलाई भराई दिने ।

Duration (English)

आवश्यक कागजात तथा प्रकृया सम्पन्न भए पश्चात ।

Charge (English)
Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula
१. दुर्घटना पुष्टि हुने मुचुल्का सहितका कागजातहरु (सम्बन्धित प्रहरीबाट) (घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको नागरिकता, मृत्युदर्ता प्रमाणपत्र, नजिकको हकदारको नागरिकता प्रमाणपत्र, नाता प्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिश) सहित सम्बन्धित व्यक्ति/हकदार स्वयं उपस्थित हुनुपर्ने ।

२. सवारी धनीका तर्फबाट सवारीधनी प्रमाणपत्र, विमा आलेख, अख्तियारनामा, रकम बुझाउनेको परिचयपत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनु पर्ने ।
24

दण्ड जरिवाना असुल गर्ने

Duration (English)
Charge (English)

प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।

Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula
प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।
25

विगो भराउने दिलाउने

Duration (English)

आवश्यक कागजात तथा प्रकृया सम्पन्न भए पश्चात ।

Charge (English)
Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula
१. मुद्दा अन्तिम किनारा भएको वा पुनरावेदन अवधी नाघेको हुनुपर्ने

२. सम्बन्धित जाहेरवाला, घाइते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित (३ वर्ष भित्र) निवेदन दिनु पर्ने ।

३. प्रतिवादी फरार रहेको/ धरौटी जमानत नराखेको वा राखिएको धरौट जमानत न्यून रही ठहरेको विगो भराउन नसिकएको अवस्थामा विगो भराउन सम्बन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जायजेथा देखाई दरखास्त दिनु पर्ने ।
26

धरौटी फिर्ता

Duration (English)

आवश्यक कागजात तथा प्रकृया सम्पन्न भए पश्चात ।

Charge (English)
Responsible Officer/Section Mohan Subedi - Issues Section (Room no. - 106)
Complain Officer Rajmani Niraula
१. यस कार्यालयबाट भएको फैसलामा चित्त बुझी पुनरावेदन नगर्ने भए सोही व्यहोरा खुलेको धरौटी फिर्ताको निवेदन (रु १० को टिकट सहित) दिनुपर्ने ।

२. नेपाली नागरिकता प्रमाणपत्र वा परियच खुल्ने अन्य प्रमाण २ प्रति ।
27

हातहतियार ईजाजतको आवेदन

Duration (English)

आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट

Charge (English)

रु.१०।– को टिकट र नियमावलीमा तोकिए बमोजिम

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन

२. निवेदकको निरोगिता सम्बन्धी पत्र

३. प्रहरी प्रतिवेदन

४) स्थानिय निकायको सिफारिस
28

हातहतियार नामसारी सम्बन्धी

Duration (English)

आवश्यक जांचबुझ सकेको भोलिपल्ट

Charge (English)

रु.१०।– को टिकट

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. निर्धारित ढाँचाको निवेदन

२.नागिरकताको प्रमाण पत्र

३. स्थानीय निकायको सिफारिस

४. प्रहरी सर्जमिन मुचुल्का

५. हतियारको इजाजतपत्र

६. हकदावी छाडेको कागज
29

हातहतियार नविकरण सम्बन्धी

Duration (English)

निबेदन परेको दिन

Charge (English)

रु.१०।– को टिकट र नियमावली बमोजिमको शुल्क

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. निर्धारित ढाँचाको निवेदन

२. सक्कल इजाजत पत्र

३ वारेस मार्फत भए मञ्जुरी नामा

४. नविकरण गर्नुपर्ने हतियार
30

हातहतियार ईजाजत प्रतिलिपि सम्बन्धी

Duration (English)

आवस्यक जांचबुझ सकेको भोलिपल्ट

Charge (English)

रु.१०।– को टिकट

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. ना.प्र. प्रमाणपत्रको नक्कल र ईजाजत नम्बर सहितको निवेदन
31

विदेशबाट नयाँ हातहतियार झिकाउने सम्बन्धमा

Duration (English)

आवस्यक जांचबुझ सकेको भोलिपल्ट

Charge (English)

रु.१०।– को टिकट

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. निर्धारित ढाँचाकाे निवेदन

२. नागरिकताकाे प्रमाणपत्र

३.स्थानिय निकायकाे सिफारिस

४. प्रहरी सर्जमिन मूचुल्का
32

शान्ति सुरक्षाको निबेदन सम्बन्धी

Duration (English)

सोहि दिन

Charge (English)

रु १०।– को टिकट

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन

कोठा नं. १०१ बाट प्रमुख जिल्ला अधिकारीको तोक आदेश अनुसार हुने ।

33

गुनासो वा ठाडो उजुरी सम्बन्धी

Duration (English)

शीघ्र

Charge (English)

रु १०।– को टिकट

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन

कोठा नं. १०१ बाट प्रमुख जिल्ला अधिकारीको तोक आदेश अनुसार हुने ।

34

अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासो

Duration (English)

शिघ्र

Charge (English)

रु १०।– को टिकट

Responsible Officer/Section Manu Pokharel - Administration Section (Room no. - 3)
Complain Officer Rajmani Niraula
१. सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थामा, कसले के–कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो खुलेको निवेदन ।

२. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात ।

कोठा नं. १ बाट प्रमुख जिल्ला अधिकारीको तोक आदेश अनुसार हुने ।

Last Updated : 2083-05-30 12:21:44

© All Rights Reserved to District Administration Office, Sunsari