Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sunsari

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sunsari

Friday, Jestha 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

District Introduction 2075-06-23

१.जिल्ला प्रशासन कार्यालयको स्वरुप र प्रकृया

१.१ परिचयः

जिल्लामा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य उद्देश्य हो । स्थानीय प्रशासन ऐन, २०२८ ले जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकारहरुको व्यवस्था गरेको छ । जिल्लाको समग्र शान्ति-सुरक्षा कायम गर्दै संघ, प्रदेश र स्थानीय तहबाट संचालित विभिन्‍न विकास निर्माणका कार्यमा समन्वयात्मक एवं सहजपूर्ण वातावरण स्थापित गर्नु नै जिल्ला प्रशासन कार्यालयको मुख्य कर्तव्य हो । साथै, जिल्लामा अपराध रोकथाम र नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहद्वारा निर्मित कानुनको कार्यान्वयन गर्नु गराउनु, कानुनद्वारा निर्देशित विषयहरुमा न्याय निरुपण गर्नु गराउनु, जिल्लाभित्र स्थापित सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत-सम्भार गर्नु गराउनु, विपद् व्यवस्थापन तथा राहत वितरण गर्ने, आपूर्ति व्यवस्थापन र वस्तु तथा सेवाको गुणस्तरीयताको सुनिश्‍चितता प्रदान गर्ने, कालोबजारी नियन्त्रण तथा उपभोक्ताको हक-हित संरक्षणका लागि विभिन्‍न निकायसँग समन्वय गरी बजार अनुगमन गर्नेजस्ता कार्यहरु पनि यस कार्यालयले गर्नुपर्दछ । जिल्लामा नागरिकहरुलाई नाबालक परिचय-पत्र, नागरिकता तथा राष्ट्रिय परिचय-पत्र प्रदान गरी उनीहरुको व्यक्तिगतदेखि जैविक विवरणसम्मको संकलन, अभिलेखाङ्कन, व्यवस्थापन एवं संरक्षण गर्ने कार्यमा पनि यस कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ।

.. जिल्लाको चिनारीः

सुनसरी जिल्ला कोशी प्रदेशमा पर्ने अत्याधिक जनघनत्व भएको जिल्ला हो । प्रदेश भित्रको ऐतिहासिक गौरव बोकेको सुनसरी जिल्ला धार्मिक, व्यापारिक,  शैक्षिक तथा पर्यटकीय जिल्लाको रूपमा परिचित छ । यस जिल्लाको दक्षिणमा भारत,  पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा उदयपुर जिल्ला र सप्तकोशी नदीले सप्तरी, बुढी खोलाले मोरङ जिल्लासंग छुट्याएको छ । इनरूवा यहाँको सदरमुकाम हो भने प्रमुख शहर धरान र इटहरी हुन । १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा पुरुष ४,४९,०२३ र महिला ४,७७,९३९ गरी जम्मा ९,२६,९६२ मानिसको बसोबास रहेको छ । अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो । धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा १२०० मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतः राई, लिम्बू, बाहुन, क्षेत्री, नेवार, थारू, यादव, मेहता, सतार र मुसलमान जातिको बसोबासको बाहुल्यता रहेको पाइन्छ। शैक्षिक क्षेत्रमा समेत अग्रणी रहेको यस जिल्लामा मेडिकल, इन्जिनियर, फुड टेकनोलोजि लगायत सबै बिषयको गुणस्तरिय अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाहरु रहेका छन् ।

क) भौगोलिक अवस्था

सि.नं

विवरण

अक्षांश, देशान्तर

अक्षांश- २६०२३ उत्तर देखि २६०५५ उत्तरसम्म .

देशान्तर- ८७०५ पूर्व देखि ८७०१६ पूर्व सम्म .

सिमाना

पूर्व- मोरङ जिल्ला,  पश्चिम- सप्तरी, उदयपुर जिल्ला, उत्तर- धनकुटा जिल्ला, दक्षिण भारतको बिहार राज्य (सुपौल र अररिया जिल्ला) .

खुल्ला बोर्डर

६१.९ कि.मि.

क्षेत्रफल

१२५७ वर्ग कि.मी. ।

औसत लम्बाई

पूर्वमा बुढी खोला देखी पश्‍चिममा कोशी नदी:- ४४ कि.मी. ।

औसत चौडाई

उत्तरमा भेडेटार देखी दक्षिणमा बुढी खोला:- ४५ कि.मी. ।

भौगोलिक बिभाजन

महाभारत पर्वत श्रृंखला, चारकोसे जंगल र तराईका भागहरु ।

भौगोलिक बनावट:- १. उत्तरको पहाडी प्रदेश २. मध्य भागको भावर प्रदेश ३. दक्षिणको समथर भूमि

प्रमुख नदि, खोला तथा ताल

सप्तकोशी नदी, कोकाहा नदी, सुनसरी खोला, बुढी खोला, सेउती खोला, सर्दु खोला, खेती खोला, टेंग्रा खोला, पटनाली खोला, गडन खोला, बर्जु ताल र ताल तलैया आदी  ।

 

ख) राजनीतिक बिभाजन तथा राजनैतिक अवस्था

सि.नं

बिवरण

प्रदेश

कोशी

प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या

४  (चार)

प्रदेश सभा निर्वाचन क्षेत्र संख्या

८  (आठ)

स्थानीय तह

उप-महानगरपालिका- २

नगरपालिका- ४

गाउँपालिका- ६    

समेत गरी जम्मा स्थानीय तह संख्या- १२

मतदाता संख्या

पुरुष- २९४२५२

महिला- २८६६९१

तेश्रो लिंगी-२

जम्मा- ५८०९४५ (हालसम्मको)

जिल्लामा सक्रिय राजनैक दलहरु (दल दर्ता)

 

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल

राष्ट्रिय स्वतन्त्र पार्टी

नेपाली काँग्रेस

नेकपा एमाले

श्रम संस्कृति पार्टी

प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल

नेपाली काँग्रेस

नेकपा एमाले

स्थानीय तहका प्रमुख/अध्यक्ष

नेपाली काँग्रेस

नेकपा एमाले

जसपा

स्वतन्त्र

ग) सामाजिक धार्मिक तथा आर्थिक अवस्था जनसांख्यि अवस्था

सि.नं

विवरण

प्रमुख धार्मिक र पर्यटकीय स्थलहरु

बराह क्षेत्र, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, बुढा सुब्बा मन्दिर, शिवजट्टा मन्दिर, पाँचकन्या मन्दिर, रामधुनि मन्दिर, बिष्णुपादुका मन्दिर, चिमडिदह, भेडेटार, ठिङ्‍गे ढुङ्गा, ताल तलैया, कोशी टप्पु (मृग कुञ्ज), एभरेष्ट बिज्ञान केन्द्र,बर्जु ताल, कोशी व्यारेज आदी।

जातजाती

क्षेत्री, व्राम्हण, राई, लिम्बु, नेवार, यादव, मेहता, मुस्लिम, थारु लगायतका विभिन्न जात-जातीहरुको वसोवास रहेको यस जिल्लामा सवैको आ–आफ्नै जातीय र धार्मिक रितिरिवाजहरु रहेको पाइन्छ।

जनसंख्या

पुरुष: ४४९०२३

महिलाः ४७७९३९

कुल जनसंख्या  ९२६९६२    (२०७८ सालको जनगणना अनुसार)


सुनसरी जिल्लाको नक्साः

 

२.स्थानीय तहहरुको प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्ष तथा प्र.प्र.अ.हरुको सम्पर्क विवरण

स्थानिय तहहरुको प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्ष तथा प्र.प्र.अ.हरुको सम्पर्क विवरण
स्थानिय तह पद नाम, थर सम्पर्क नं. प्र.प्र.अ. सम्पर्क नं.
धरान उप-महानगरपालिका का.वा. प्रमुख अइन्द्र विक्रम बेघा 9852038600 तिर्थराज राई ९८५२०७३१११
           
इटहरी उप-महानगरपालिका प्रमुख हेम कर्ण पौडेल 9852048688 महेश पराजुली ९८५२०७०१११
इटहरी उप-महानगरपालिका उपप्रमुख संगीता कुमारी चौधरी 9842035298    
इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी 9852026022 डिल्लीराज निरौला 9852042044
इनरुवा नगरपालिका उपप्रमुख विनीता कुमारी मेहता 9852088781    
दुहबी नगरपालिका प्रमुख बेद नारायण गच्छदार 9851156024 सुवर्ण घिमिरे ९८५२०७४१११
दुहबी नगरपालिका उपप्रमुख मेनुका पोखरेल 9807358048    
रामधुनी नगरपालिका प्रमुख शंकर लाल चौधरी 9852062500 तेज नारायण यादव ९८५२०७५१११
रामधुनी नगरपालिका उपप्रमुख तारा थापा 9852062600    
बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की 9852059297 राधिका गिरी ९८५२०८४१११
बराहक्षेत्र नगरपालिका उपप्रमुख नन्द कुमारी सुनुवार 9820707861    
बर्जु गाउँपालिका अध्यक्ष जिवछ कुमार राय 9852070713 सुधिर साफि ९८५२०७०७१५
बर्जु गाउँपालिका उपाध्यक्ष नितु कुमारी चौधरी 9824384004    
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर मिया 9842022932 विनोद कुमार अधिकारी ९८५२०४१३७७
भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराँव 9829333864    
कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी 9852041078 सुर प्रसाद दंगाल ९८५२०४२०७४
कोशी गाउँपालिका उपाध्यक्ष अनिता देवी यादव 9852041079    
गढि गाउँपालिका अध्यक्ष आश नारायण चौधरी 9852027593 चुडामणि गुरागाई ९८५२०२५४९१
गढि गाउँपालिका उपाध्यक्ष अनिता कुमारी साह 9862202053    
देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता 9808267824 महेश कुमार ठाकुर ९८५२०४३६६७
देवानगंज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादव 9814344301    
हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी मिया 9842066931 रोहिणी आचार्य ९८४२०२९२५१
हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत 9815318834    

 

३. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०८२ मा सुनसरी जिल्लाबाट निर्वाचित प्रत्यक्ष तथा सामानुपातिक सांसदहरुको विवरण

प्रत्यक्ष तर्फ  
क्र.सं. नाम थर ठेगाना राजनीतिक दल सम्पर्क नं. कैफियत
1 हर्क राज राई धरान-18 श्रम संस्कृति पार्टी ९८१९०१२३७२  
2 लाल बिक्रम थापा ईटहरी-4 राष्ट्रिय स्वतन्त्र पार्टी ९८५११३६८४७  
3 अशोक कुमार चौधरी ईटहरी-5 राष्ट्रिय स्वतन्त्र पार्टी ९८६२०४२०६५  
4 दिपक कुमार साह भोक्राहा नरसिंह-6 राष्ट्रिय स्वतन्त्र पार्टी ९८५१०५०७६७  
समानुपातिक तर्फ  
क्र.सं. नाम थर ठेगाना राजनीतिक दल सम्पर्क नं. कैफियत
1 सृष्टि भट्टराई ईटहरी-4 राष्ट्रिय स्वतन्त्र पार्टी 9801066888  
प्रकाश चन्द्र दर्जी ईटहरी-19 राष्ट्रिय स्वतन्त्र पार्टी 9851194700  
निशा मेहता इनरुवा-1 राष्ट्रिय स्वतन्त्र पार्टी 9842462888  
सिर्जना श्रेष्ठ धरान-13 राष्ट्रिय स्वतन्त्र पार्टी 9801038686  
पूर्ण प्रसाद लिम्बु धरान-15 श्रम संस्कृति पार्टी 9861633226  
अम्विका देवी संग्रौला धरान-13 श्रम संस्कृति पार्टी 9804024188  

ग)   प्रदेश सभा: प्रत्यक्ष तर्फ

क्र.सं.

नि.क्षे.

नाम/थर

ठेगाना

सम्पर्क नं.

१(क)

रमेश कुमार बस्नेत

धरान उप-म.न.पा.-६, रामफल चोक, सुनसरी

९८५२०६०२५५

१(ख)

विजय कुमार राई

धरान उप-म.न.पा.-११, सिर्जना चोक, सुनसरी

९८५१०८५८८७

२(क)

रेवतीरमण भण्डारी

इटहरी उप-म.न.पा.-६, सरस्वती टोल, सुनसरी

९८५२०४८४९९

२(ख)

राम प्रसाद महतो

इनरुवा न.पा.-२, जनसेवा टोल, सुनसरी

९८५२०६१५००

३(क)

रोहित बहादुर कार्की

इटहरी उप-म.न.पा.-१२, खनार, सुनसरी

९८४२०७७१६४

३(ख)

रामदेव यादव

गढी गा.पा.-२, मझौ,  सुनसरी

९८५२०७१८२१

४(क)

सदानन्द मण्डल

कोशी गा.पा.-२, मण्डल टोल, सुनसरी

९८०८३३५७३०

४(ख)

ईस्राइल मंसुरी

भोक्राहा नरसिंह गा.पा.-४, भोक्राहा, सुनसरी

९८५२०४०००६

         

घ)   प्रदेश सभा: समानुपातिक

क्र.स.

वर्ग

नाम/थर

ठेगाना

सम्पर्क नं.

आदिवासी/ जनजाति

मिना श्रेष्ठ

इटहरी उप-म.न.पा.-६, सुनसरी

९८५१०४०९२७

आदिवासी/ जनजाति

यशोदा कायस्थ

धरान उप-म.न.पा.-२, सुनसरी

९८४२०५२३३३

खस आर्य

निरादेवी खनाल आचार्य

इनरुवा न.पा.-६, सुनसरी

९८४२०७१८४२

जनजाति

ममता तामाङ्ग मगर

बराहक्षेत्र न.पा.-१, चतरा, सुनसरी

९८५१३२२१५५

दलित/ अल्पसंख्यक

सुनिता कुमारी गुरुङ् (राम)

बर्जु गा.पा.-१, सुनसरी

९८२५३७०८४६

थारु

सुनिता गच्छदार चौधरी

दुहवी न.पा.-२, सुनसरी

९८१०५५७७४४

दलित

सपना दर्जी

इटहरी उप-म.न.पा.-५, सुनसरी

९८४८६४३३८२


Last Updated : 2083-02-18 09:30:59

© All Rights Reserved to District Administration Office, Sunsari .