Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sunsari

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sunsari

Saturday, Shravan 30, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

About Office

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार गृह मन्त्रालयबाट सम्पादन गरिने कार्यहरु तोकिएका छन् । यी कार्यहरुलाई सम्पादन गर्नका लागि मन्त्रालय, विभाग र कार्यालयगत संरचना निर्माण गरिएको छ । नेपालभरका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालय रहेका छन् । जसमध्ये कोशी प्रदेशमा जिल्ला प्रशासन कार्यालय, सुनसरी पनि एक रहेको छ । भारतसंग ६१.९ कि.मि. सीमाना जोडिएको यस जिल्लाले अन्य जिल्लाजस्तै शान्ति, सुरक्षा र अपराध नियन्त्रणको कार्य गर्दछ । त्यसैगरी सुशासन कायम गर्दै सेवा प्रवाहमा सरलता, सहजता प्रदान गरी व्यवहारिक र नीतिगत अनुपोषणका लागि पहल गर्दछ । सामाजिक सुधारमा पहल गर्दछ र रुपान्तरणमा काम गर्दछ । विपद व्यवस्थापन, विकास निर्माणमा समन्वय र सहजीकरण अनि सदाचार र आर्थिक अनुशासन कायम गर्न पनि आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

गृह प्रशासन सुधार कार्ययोजना, २०७४ र माननीय मन्त्रीज्यू/श्रीमान् सचिवज्यूबाट दिनुभएको समसामयिक निर्देशन तथा संरचनागत सुधारका विभिन्न समयमा भएका नीतिगत सुधार प्रयासका साथै, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय र निर्देशनका आधारमा सन्चालन गर्ने गरी यस जिल्लाको प्रशासन सुधार कार्ययोजना तय गरिएको छ । राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन विकास र समृद्धिको लागि शान्ति, सुरक्षा र सुशासनलाई मूलआधार मान्दै जिल्ला प्रशासन कार्यालय अगाडि बढेको छ । यो सुधार कार्ययोजना कार्यान्वयनका लागि सम्पर्क सन्जाल सरकार र शासनको सन्जाल (Networking governance/ Governance Networking) को अवधारणा मार्फत् अघि बढिनेछ ।


Per Page
Loading About Office ...
Date About Office Detail Files Action
2080-04-07
District Profile Sunsari 2080
2080-04-07
Loading About Office ...
Last Updated : 2083-04-27 17:01:02

© All Rights Reserved to District Administration Office, Sunsari