Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sunsari

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sunsari

Friday, Shravan 08, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

लागू औषध नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न

2080-03-06 2080-03-06

e9c68206_a73a_464b_b136_3d9edfd06beb(2).jpg Images :

लागु औषध नियन्त्रणका लागि जनचेतनाजन्य कार्यक्रमलाई ब्यापक रुपमा संचालन गर्नुपर्ने सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा सरोकारवालाले आवाज उठाएका छन् । मंगलबार गैसस महासंघ र ओरेक नेपालको संयोजन एबम सहकार्य तथा जिल्ला प्रशाशन कार्यालय सुनसरीको आयोजनामा आयोजित कार्यक्रममा बक्ता तथा सहभागीहरुले लागू औषध समाजमा ठूलो समस्या बन्दै गइरहेकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग र भूमिका अनिवार्य हुनुपर्नेमा जोड दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको सभाहलमा आयोजित लागू औषध नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रममा स्वागत मनतव्य राख्दै गैसस महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपानेले पछिल्लो समयमा समाज भित्र लागू औषध प्रयोगकर्ताहरु अत्याधिक बढ्न जादा समाजलाई अशान्त बनाइरहेको बताए । कूलतमा फसेकाहरुलाई कूलतबाट निकाल्दै समाजमा सम्मानकासाथ पुनर्स्थापित गराउन समाज तथा स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्ने बताए ।

इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले दूर्व्यसन आफैंमा जति पीडादायक छ त्यति नै दूर्व्यसनामा फसेकाको परिवारमा यसले दिने पीडा उल्लेखगरी साध्य नहुने हुँदा यसको नियन्त्रणका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । घर परिवारले आफ्नो छोराछोरीको स्कूलको समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरुको जानकारी राख्न आग्रह गरे। “बच्चाहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्ने, खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे बिद्यालय तथा परिवारले बुझ्ने र बुझाउने काम गर्नुपर्छ” मेयर भण्डारीले भने । उनले लागू औषध दुर्व्यसनी रोकथामका लागि नगरले विशेष कार्यक्रमहरु संचालन गर्ने समेत जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुने बताए । लागू पदार्थ मादक पदार्थ (रक्सी) भन्दा दसौँ गुणा हानिकारक हुने हुनाले यसले व्यक्ति स्वयंलाई मात्र नभएर परिवार, समाज, राजनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै खतरा पैदा गर्ने बताए । “मानव समुदायलाई तहल्का पारिरहेको सबभन्दा विशाल र डरलाग्दो विषयवस्तु लागू पदार्थ हो । लागू पदार्थहरू मद्यपान र धूम्रपानभन्दा हजारौँ गुणा हानिकारक र खतरनाक हुन्छन् । मद्यपान र धूम्रपानले त बरु केही वर्षमा गएर रोगहरू जन्माउँछ भने लागू पदार्थले तुरुन्तै असर गर्छ । यी पदार्थहरू यति खतराजनक हुन्छन् कि दुई–चार पटक प्रयोग गर्दैमा बानी बसिहाल्छ । यी पदार्थहरूले रगत र शरीरमा यस्ता असरहरू छाड्छन्, जसको अभावमा सेवनकर्ता सुखमय भएर जिउन सक्दैन । यी पदार्थका दुव्र्यसनीहरूले जब यी वस्तु पाउँदैनन्, उनीहरू प्रायः अचेत हुन्छन् । तब उनीहरू यी पदार्थ पाउन अपराध पनि गर्न तयार हुन्छन्” उनले भने।

जनचेतनामूलक कार्यक्रम गरी नियन्त्रणसम्बन्धी अभियान चलाउने, ध्यान, योग, पारिवारिक परामर्श, लागूऔषध उपचार तथा पुनस्र्थापना गर्ने, स्वास्थ्य सेवा तथा परामर्श, खेलकुद कार्यक्रम सञ्चालन गर्ने, लागू पदार्थ दुव्र्यसनसम्बन्धी घर, परिवार, समाजमा विभिन्न खालका सचेतनाका कार्यक्रम सञ्चालन गरी लागू पदार्थ दुर्व्यसनलाई रोक्न सकिने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले खराब संगत, पारिवारिक किचलो र डिप्रेसनका कारण कुलतमा फस्ने युवाको संख्या बढिरहेको बताइन । छोराछोरी लागूऔषधतर्फ लागेको जान्दाजान्दै ‘बेइज्जत हुने डरले’ अभिभावक चुपचाप रहने भएकाले लागूऔषध प्रयोगकर्ता र यसका कारोबारी बढिरहेको बताइन ।

उनले सरोकारवालाले दिएको सुझावलाई आत्मसाथ गर्दै आगामी दिनमा तीब्र रुपमा जिल्लाभित्र सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने बताइन । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना कार्यक्रममा सहभागी गराउन विद्यालय केन्द्रित अभियानहरु संचालन गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरुले अहिले दिनदिनै महिलाहरु कुलतमा फस्दै गइरहेको बताए ।लागू औषध प्रयोग नियन्त्रणमा परिवार, स्कूल हुँदै सम्पूर्ण समाजकै महत्वपूर्ण भूमिका हुने हुँदा सबैले सोहि अनुसारको भूमिका निर्वाह गर्न आग्रह गरे ।

Last Updated : 2083-04-07 15:50:35

© All Rights Reserved to District Administration Office, Sunsari